डेपुटी गभर्नरसम्बन्धी प्रतिवेदन तयार, राजनीतिक रङ मिसिने संकेत


  • KBL News Ad
  • ADBL
  • City Express
डेपुटी गभर्नरसम्बन्धी प्रतिवेदन तयार, राजनीतिक रङ मिसिने संकेत

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि लागेको आरोपका सम्बन्धमा छानविन गर्न गठित समितिले शुक्रबारसम्म प्रतिवेदन बुझाउने भएको छ । उनीमाथि लागेको आरोप सम्बन्धमा सोधपुछ सकिएकाले शुक्रबारसम्म प्रतिवेदन बुझाउने तयारी गरिएको समितिका एक सदस्यले बताए । 

डेपुटी गभर्नर श्रेष्ठलाई वित्तीय क्षेत्रमा अराजकता निम्त्याउन सहयोग गरेको आरोप लागेपछि कार्तिक १८ गते राष्ट्र बैंक सञ्चालक समितिले सञ्चालक समिति सदस्य श्रीराम पौडेलको संयोजकत्वमा सदस्यहरु रामजी रेग्मी र सुबोधकुमार कर्ण सम्मिलित तीन सदस्यीय समिति गठन गरेको थियो  ।

उक्त समितिलाई एक महिना भित्र प्रतिवेदन पेश गर्न भनिएपनि उक्त अबधिभित्र प्रतिवेदन तयार पार्न नसकेपछि समय थपिएको थियो । डेपुटी गभर्नर श्रेष्ठमाथि सोधपुछका क्रममा आएका बुदाँलाई समावेश गरेर प्रतिवेदन पेश गर्ने गरी काम अन्तिम चरणमा पुगेको समितिका एक सदस्यले बताए ।

Read More
  • EBL Ad news