ग्लोबल आईएमई बैंकले अष्ट्रेलियामा शाखा खोल्ने


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आईएमई बैंकले अष्ट्रेलियामा शाखा खोल्ने

 

ग्लोबल आइएमइ बैंक Global IME Bank Limited  का अध्यक्ष चन्द्र प्रसाद ढकालले अष्ट्रेलियामा बैंकको शाखा खोल्ने बताएका छन्।    सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले हाल अस्ट्रेलिया लगायत भारत , बेलायेत , मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको बताउदै अस्ट्रेलियामा शाखा खोल्ने तयारि सुरु भएको बताएका हुन्  ।

उनले नेपालमा लगानीको बाताबरण निकै राम्रो बन्दै गएको पनि बताएका । लगानी गर्न चाहनेलाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने उनले बताए । नेपालमा प्रदेश-प्रदेशहरु र स्थानिय सरकारहरुबीच बिकासमा प्रतिस्पर्धा पनि सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समुहले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो ।  उनले गैर आवाशीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलविद्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए ।

Read More
  • EBL Ad news