राष्ट्र बैंकका २ कार्यकारी निर्देशक विदामा, २ जना पुस दोस्रो साताबाट


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकका २ कार्यकारी निर्देशक विदामा, २ जना पुस दोस्रो साताबाट

नेपाल राष्ट्र बैंकका २ जना कार्यकारी निर्देशक आइतबारबाट विदामा बसेका छन । अवकाश पाउनु भन्दा १ महिना अगाडीबाट अनिवार्य बिदामा बस्ने ब्यवस्थाका कारण उनीहरु बिदामा बसेका हुन्।

बिदामा बसेका कार्यकारी निर्देशकहरुमा सरिता भट्ट (अधिकारी) र सुनील उदास रहेका छन । भट्ट विदेशी विनिमय ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक हुन् भने उदास बित्त कम्पनी सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्। उनीहरु दुबै ३० वर्ष कार्यकाल पुरा गरी अवकाश पाउन लागेका हुन । नेपाल राष्ट्र बैंकमा ३० वर्षे कार्यकाल पुरा गरेपछि वा ५८ वर्ष उमेहद पुरा गरि दुई तरिकाट अवकाश पाउने नीति रहेको छ ।

पुष २२ गतेबाट अवकास पाउन लागेकी भट्ट राष्ट्र बैंककै अर्का कार्यकारी निर्देशक ऋषिकेश भट्टकी सहोदर बहीनी हुन । ऋषिकेश भट्टको अझै ५ वर्षको कार्यकाल बाँकी नै रहेको छ , तर सरिता भट्टले भने ३० वर्ष सेवा अवधिको कारण अवकास पाउन लागेकी हुन्।

यस्तै अर्का कार्यकारी निर्देशकद्धय लक्ष्मीप्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठले पनि ३० वर्ष सेवाअवधिको कारण यही माघ दोस्रो साताबाट अवकाश पाउँदैछन । जसकारण उनीहरु पनि अगामी पौष दोस्रो साताबाट विदामा बस्ने छन् ।

राष्ट्र बैंकले अनुभवि कर्मचारीहरु काम गर्ने उमेर हुँदापनि बाहीरिनु परेको र राष्ट्र बैंकलाई आर्थिक भार बढ्दै गएको भन्दै ३० बर्षे अवकाश नीति हटाउने प्रयास गरेको थियो । लोक सेवा आयोगले रोकेपछि उक्त मुद्धा सर्वोच्च अदातलमा पुगेको थियो । ३० वर्षे उमेरहदको कारण अवकाश पाएका कर्मचारीले उक्त मुद्धा सवोच्च अदालतमा पुर्याएका थिए ।

Read More
  • EBL Ad news