बिमा समितिको नयाँ मार्गदर्शन, घातक रोगहरुको बिमांकमा लाग्यो सीमा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बिमा समितिको नयाँ मार्गदर्शन, घातक रोगहरुको बिमांकमा लाग्यो सीमा

काठमाडौं : बिमा समितिले बिमा कम्पनीहरुले विभिन्न संस्थाहरुसँगको सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा तथा बिमा व्यवसायको प्रचारप्रसार गर्दा एकरुपता कायम गरी बिमा जोखिम व्यवस्थित बनाउन मार्गदर्शन जारी गरेको छ । ‘बिमकले सहकार्यमा बिमा व्यवसाय सञ्चालन गर्दा अपाउनुपर्ने नीतिगत मार्गदर्शन २०७६’ नाम दिइएको यस नयाँ व्यवस्था अनुसार अब बिमालेख जारी गर्दा वा पुरानो बिमालेख नवीकरण गर्दा संस्थाको नाममा एउटा मूल बिमालेख अनिवार्यरुपमा जारी गर्नुपर्ने भएको छ । 
 

साथै, प्रस्ताव भर्दा संस्थाले आफ्नोे निक्षेपकर्ता, सदस्य वा ऋणीको औषधि उपचार बिमा तथा घातक रोग राइडरको सुविधा प्रदान गर्न बीमितको परिचय खुल्ने गरी केवाइसी र स्वास्थ्य सम्बन्धी विवरण भर्नुपर्नेछ । यस्तै, समितिले बिमांकको अधिकतम हद कायम गर्नुपर्ने सीमा पनि निर्धारण गरेको छ । मार्गदर्शन अनुसार जीवन बिमा कम्पनीहरुले घातक रोगको बिमांकको हद १० लाख रुपैयाँ र औषधि उपचार बिमा पूरक करारको हद १ लाख रुपैयाँ निर्धारण गरेको छ ।

यता, समितिले निर्जीवन बिमा अन्तर्गत बिमांकको अधिकतम हद कायम गर्नुपर्ने सीमा समेत निर्धारण गरेको छ । मार्गदर्शन अनुसार निर्जीवन बिमा कम्पनीहरुले घातक रोगको बिमांकको हद १० लाख रुपैयाँ, दुर्घटना बिमाको अधिकतम हद १० लाख रुपैयाँ र औषधिपचार बिमाको अधिकतम हद १ लाख रुपैयाँ कायम गर्नुपर्ने जनाएको छ ।

Read More
  • MBL - below news