कपिलवस्तु : पूर्व-पश्चिम राजमार्गको वोर्डगाउँ नजिक कार दुर्घटना हुँदा ग्लोबल आईएमई बैंक बनगाई शाखाका प्रबन्धकको मृत्यु भएको छ । बा. ६ च ६३९० नम्बरको कार सोमबार बिहान करिब ८ बजेतिर दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका ९ हरनामपुरनिवासी २९ वर्षीय सुरज पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेका कारण कार दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कार अनियन्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो ।
कारमा सवार अन्य ५ जना घाइते छन्। घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जनाको वाणगंगास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।