काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाको कर्मचारी ब्यवस्थापन पनि राष्ट्र बैंकले नै हेर्नुपर्ने अवस्था आएको बताएका छन् । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालको एकीकृत कार्यक्रममा बोल्दै गभर्नर नेपालले केही समय पहिले चेकबाट भएको ‘फल्ट’ प्रति इंगित गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘बैंकका कर्मचारीलाई चेक कसलाई दिन हुने, नहुने भन्ने बारेमा समेत ज्ञान छैन । यसमा समेत अब राष्ट्र बैंकले नियमन गर्नुपर्ने अवस्था आएको छ ।’ बैंक कर्मचारीको क्षमता वृद्धिका लागि छुट्याएको पैसा पनि बैंकहरुले उक्त शीर्षकमा खर्च नगरेको प्रति आक्रोश व्यक्त गरे । ‘बैंक कर्मचारीको क्षमता अभिवृद्धिका लागि मुनाफाको ३% रकम छुट्याइएको छ । यसलाई किन प्रयोग गर्नुहुन्न ?,’ उनले प्रश्न गरे ।