मुक्तिनाथ विकास बैंकको लिलामी शेयर बाँडफाँट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकको लिलामी शेयर बाँडफाँट

मंसिर २०, काठमाडौं । मुक्तिनाथ विकास बैंकको अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरी बाँडफाँट भएको छ । 

कम्पनीले हकप्रद शेयर निष्कासनको क्रममा विक्री हुन नसकेको संस्थापक तर्फको १ लाख २ हजार ५१६ दशमलव ३२ कित्ता र सर्वसाधारण तर्फको ३ लाख ७०३ दशमलव ९३ कित्ता शेयर लिलामी प्रक्रियाबाट वितरण गरेको हो ।

 मंसिर ८ गतेदेखि १५ गतेसम्म शिलबन्दी बोलपत्र आव्हान गरी मंसिर १८ गते बोलपत्र दाताहरुको रोहवरमा शेयर बाँडफाँट भएको हो ।

संस्थापकतर्फको शेयरका लागि प्रतिशेयर मूल्य रू.१५० दशमलव शून्य ७ र सर्वसाधारण समूह तर्फको लागि रू.२९१ मूल्य राखी बोलपत्र पेश गर्नेहरुलाई शेयर बाँडफाँट गरिएको हो । 
यस बाँडफाँटमा नपरेका आवेदकहरुको शेयर वापतको रकम भुक्तानी बैंक खाता उपलब्ध भएकाहरुको हकमा मंसिर २२ गतेदेखि आईपीएस मार्फत बैंक खातामा रकमान्तर गरिने कम्पनीले जानकारी दिएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad