ग्लोबल र जनतालाई गभर्नरको धन्यबाद, भने- 'यो मर्जर अरु बैंकलाई संदेश हो'


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल र जनतालाई गभर्नरको धन्यबाद, भने- 'यो मर्जर अरु बैंकलाई संदेश हो'

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले ग्लोबल र आइएमई बैंकको मर्जर अरु बैंकलाई सन्देश भएको बताएका छन। ग्लोबल र जनता बैंकको एकीकृत कारोबारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गभर्नर नेपालले यो मर्जरले उत्साह थपेको र अन्य बैंक वित्तीय संस्थालाई पनि हौसला बढाएको बताए। 

गभर्नर नेपालले राष्ट्र बैंकले लिएको मर्जर नीतिमा साथ् दिएकोमा जनता र ग्लोबल बैंकलाई धन्यबाद व्यक्त गरे। उनले भने, ,राष्ट्र बैंकको मर्जर नीतिमा साथ् दिनुभएकोमा दुवै बैंकलाई धन्यबाद, यो मर्जर अन्य बैंकहरुको लागि संदेश हो।'

मर्जरलाई राष्ट्र बैंकले निरन्तर रुपमा अघि बढाइरहने बताउदै गभर्नर नेपालले जनता र ग्लोबलको मर्जरले क र ख भन्दा पनि बाणिज्य बैंकलाई नै मर्जरमा जान उत्साह थपेको बताए। यसलाई संदेशका रुपमा लिनलाई समेत गभर्नर नेपालले भने। 

बिगतमा मर्जरको चुनौतीका रुपमा कर्मचारी व्यवस्थापन, संस्थाको संस्कार रहेको भनिएपनि कुनै पनि मर्जरमा त्यो बाधक नरहेको गभर्नर नेपालले स्पष्ट पारे। उनले भने, 'अहिले बैंक वित्तीय संस्थाको प्रमुख चुनौती भनेको सूचना तथा प्रविधि हो, यसमा बैंकहरुको लगानी पुगेको छैन, खर्च नभई लगानी सोचेर पर्याप्त लगानी गर्नुहोस।'

Read More
  • EBL Ad news