नेपाली बैंकिङ क्षेत्रमा एउटा शक्तिशाली मर्जर पुरा भएको छ । दुई ठुला वाणिज्य बैंक आपसमा मर्जर भएर ‘विग मर्जर’ सम्पन्न गरेका छन् । शुक्रबारबाट जनता बैंक र ग्लोवल आइएमई बैंक औपचारिक रुपमा मर्जरमा गएका हुन् । अब ग्लोवल आइएमई बैंकका नामबाट संयुक्त कारोबार भएको छ भने जनता बैंकको नाम अब वाणिज्य बैंकको सूचिबाट पूर्ण रुपमा विलय भएको छ । नेपालका वाणिज्य बैंकहरुको संख्या २८ बाट २७ मा झरेको छ । जनता बैंकको सेयर रेसीयो मर्जरको आधारमा भएपनि जनता बैंकले आफ्नो नाम निशाना पूर्ण रुपमा मेटेर ग्लोवल आइएमई बैंकको नामबाट कारोबार सुरु गरेको छ । जनता बैंकमा कार्यरत सबै कर्मचारीले ग्लोवल आइएमई बैंकको परिचय पत्र प्राप्त गरेका छन् । उनीहरु स्वतह ग्लोवल आइएमई बैंकको कर्मचारी बनेका छन् । कतिपय कर्मचारी भने समायोजनमा विदेभ भएको भन्दै बैंंक छाड्ने मनस्तिथिमा पुगेका छन् । कर्मचारी समायोजन बैंक मर्जरको ठुलो समस्याको रुपमा देखिएको छ । मुलुकमा वाणिज्य बैंकहरु यस अघि पनि गाभिएका थिए । तर यस अघि गाभिएका बैंकहरु कम्जोर भएका कारण नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्थ सूचिमा थिए । प्रभु विकास बैंकले किष्ट बैंक र ग्राण्ड बैंक गरी दुई वाणिज्य बैंकलाई मर्जरमा ल्याएको थियो । त्यतिवेला वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब थियो, अहिले वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब छ । जनता बैंक ग्लोवल आइएमई बैंकका मर्जर भएपछि ग्लोवल आइएमई बैंक चुक्ता पुँजी, एटीएम, शाखा गरेर मुलुककै ठुलो बैंक बनेको छ । राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा लगेर संख्या घटाउने उपाय खोजेको छ । जसकारण विकास बैंकहरु पनि धमाधम मर्जरमा गएका छन् । अरु वाणिज्य बैंकहरुले पनि मर्जरको अभ्यास गरिरहेका छन् । तथापि ठुला बैंकहरुको मर्जर पछिल्लो समयमा यो नै सबैभन्दा ठुलो इतिहास बन्न पुगेको छ ।