अनुशासन र पारदर्शितामा अव्वल ठहरिएको बैंकिङ क्षेत्रमा पनि शक्ति र पैसाको आडमा गैरकानुनी कामले स्थान पाउँदै गएको छ। यस्तै घटना नबिल तथा प्रभु बैंकमा भएको बिजपाटी डटकमलाई प्रमाण फेला परेको छ।
नबिल बैंकमा बैंकका अन्य कर्मचारीको आवाजलाई कमजोर बनाउन कर्मचारी युनियनकै अध्यक्षको गैर कानुनी कामलाई प्रशय दिने गरेको पाइएको छ। कर्मचारीको आवाज कम्जोर बनाउन सहयोग गरेबापत बैंकले गैरकानुनी रुपमा युनियनका अध्यक्ष सबिन भट्टराइलाई कर्जा दिएको प्रमाण फेला परेको छ।
भट्टराइले कर्मचारी आवास सेवाको नाममा लिएको कर्जाको दुरुपयोग गरेको रिपोर्ट बैंकको उच्च व्यवस्थापनमा पुग्दा समेत बैंक मौन बसेको पाइएकाले उच्च व्यवस्थापनकै मिलोमतोमा काम भएको आशंका झनै बलियो बनेको छ।
भट्टराईले ईटहरिमा आफ्नो आमाको नाममा रहेकाे जग्गा आफ्नो नाममा नामसारी गरि जग्गा किनेकाे भनेर झुटाे विवरण बुझाएकाे, किनेकाे १८ महिनामा घर बनाउनुपर्ने नियमअनुसार नबनाई छिमेकिकाे घरकाे फाेटाे खिचेर घर तयार भयाे भन्दै बैकबाट कर्मचारिले पाउने सुविधा अनुसार पटक पटक हाउस लाेन लिएकाे खुल्न आएको छ।
बैंक व्यवस्थापनलाई लिखित जानकारी गराउँदा समेत कुनै काम कारबाही नभएपछि बैकका पमुख कार्यकारि अधिकृत अनिल शाहलाइ इमेल मार्फत यस घटनाबारे जानकारी गराइएको स्रोतले जनाएको छ। जानकारी हुँदा समेत सीईओ शाह यस बिषयमा मौन बसेको स्रोतको दाबि छ।
ईमेल गरेकाे र उक्त इमेल कर्मचारि युनियलाइ पनि सिसि गरेकाे देखिन्छ । उक्त इमेल पछि कर्मचारि युनियनका अभ्यक्ष भट्टराईले आफुले मानव संसाधन विभागकाे दबाबमा उक्त कार्य गरेकाे स्वीकार गर्दै बैक ब्यव्थापनलाइ पत्र समेत लेखेको तर बैक ब्यवस्थापन आवश्यक कारवाहिमा नउत्रिएकाे देखिएको छ।







