मुक्तिनाथको लिलामी सेयरमा कट अफ प्राइस कति ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथको लिलामी सेयरमा कट अफ प्राइस कति ?

काठमाडौं : मुक्तिनाथ विकास बैंकको सर्वसाधारण समूहको लिलामी सेयरमा २९१ रुपैयाँ कट अफ प्राइस कायम भएको छ । अर्थात्, यसमा प्रतिकित्ता न्यूनतम २९१ रुपैयाँसम्म भाउ तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सर्वसाधारण समूहको लिलामी सेयरमा २९१ रुपैयाँ कट अफ प्राइस कायम भएको जानकारी दिएको हो ।
 
बिक्री प्रबन्धकका अनुसार यसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३२९ रुपैयाँसम्म भाउ राखेर बोलपत्र पेश गरेका छन् । बुधबार मुक्तिनाथको नेप्सेमा प्रतिकित्ता ३११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यता, संस्थापकतर्फको सेयरमा भने प्रतिकित्ता १५० रुपैयाँ ७ पैसा भाउ तोकेर बोलपत्र भर्नेले सेयर पाउनेछन् । 
 
बैंकले मंसिर ८ गतेबाट १५ गतेसम्म १ लाख २ हजार ५१६ कित्ता संस्थापक र ३ लाख ७०३ कित्ता सेयर सर्वसाधरण समूहको सेयर गरी कुल ४ लाख ३ हजार २२० कित्ता सेयर लिलामीमा ल्याएको थियो । सोही सेयर बुधबार (मंसिर १८ गते) बाँडफाँट गरिएको हो ।   

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad