'मुक्तिनाथ बाणिज्य बैंक बन्न तयार छ' सीईओ पोखरेलको अन्तर्वार्ता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
'मुक्तिनाथ बाणिज्य बैंक बन्न तयार छ' सीईओ पोखरेलको अन्तर्वार्ता

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय सँस्थाको संख्या घटाउन मर्जर तथा प्राप्तिको नीति लिएपछि त्यसको प्रत्यक्ष प्रभाव बिकास बैंकहरुमा परेको छ। एक पछि अर्को गर्दै मर्जर तथा प्राप्तिमा गएपछि विकास बैंकहरुको अस्तित्व माथि नै आशंका समेत उब्जिएको छ। 

केहिले विकास बैंकहरुले बेलैमा सेफ ल्यान्डिङ गर्ने मनस्थितिमा पुगेकाले मर्जर तथा प्राप्तिको बाटो अगालेको टिप्पणी गरेका छन भने केहिले राष्ट्र बैंकको अस्पष्ट नीतिले भविष्यमा आउने जोखिमलाई कम गर्न अहिलेनै सुरक्षित बाटो रोजेको विश्लेषण गरेका छन। 

ओम, कैलाश र गण्डकी विकास बैंकले मर्जरको विकल्प रोजेपछि विकास बैंकहरु नरहने हुन् कि भन्ने आशंका समेत उब्जिएको छ। यस्तैमा हाल संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकहरु गरिमा, मुक्तिनाथ, सांग्रिला, ज्योति, देव, कामना सेवा, लुम्बिनी, महालक्ष्मी विकास बैंकले के गर्छन भन्ने आम सर्वसाधारणको चाँसो छ। 

यहि बिषयलाई मध्यनजर गर्दै विकास बैंकहरु मध्येकै उत्कृष्ट मानिने मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलसंग विकास बैंकहरुको अबको भविष्य र मुक्तिनाथ विकास बैंकको आगामी योजनाबारे बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलि र विजय पराजुलीले कुराकानी गरेका छन। प्रस्तुत छ कुराकानीको सम्पादित अंश: 

राष्ट्रिय स्तरका विकास बैंकहरु मर्जर तथा प्राप्तिमा गईरहेका छन, के अब विकास बैंक आफैं चल्न नसक्ने अवस्थामा पुगेका हुन् ?

कुनै पनि चिजको अस्तित्व त्यहाँको बजारले निर्धारण गर्दछ। नेपालमा यहाँको अर्थतन्त्रलाई हेर्ने हो भने योगदानको दृष्टिकोणले कुल जिडीपीमा मध्यम स्तरको योगदान धेरै रहेको छ। जबसम्म मध्यमस्तरको अस्तित्व रहिरहन्छ त्यो बेलासम्म विकास बैंक रहिरहन्छ। 

वित्तीय सूचकमा विकास बैंकको गएको क्वाटरलाई आधार मान्ने हो भने मुक्तिनाथ बिकास बैंक ५० अर्ब भन्दा बढी ब्यालेन्स सिट भएको बैंकमा पर्दछ। त्यस्तै ४० अर्ब ब्यालेन्स सिट भएका २ वटा, ३० अर्ब माथिका ६ वटा र राष्ट्रिय स्तरका सबै विकास बैंकको ब्यालेन्स सिट २० अर्ब भन्दा माथि भएका छन। 

त्यस्तै निक्षेप संकलन तथा कर्जा प्रवाहको अवस्थालाई हेर्ने हो भने मुक्तिनाथले ५० अर्ब निक्षेप संकलन गरि ४० अर्ब बढी लगानी गरेको छ। यो अवस्था अन्य विकास बैंकहरुको पनि राम्रो देखिन्छ। 

नाफाकै कुरा गर्ने हो भनेपनि मुक्तिनाथले ८५ करोड भन्दा बढी मुनाफा गरेको छ भने अन्य विकास बैंकले पनि राम्रै अंकमा मुनाफा गरिरहेका छन। समग्रमा हेर्दा विकास बैंकहरुको अहिलेको अवस्था धेरै सबल र बलियो छन। यसको कारण धेरै छन। जस्तो, न्युनतम चुक्तापुंजीको मापदण्ड पुरा गरेको, व्यवसाय प्रवर्दन राम्रो गरेको, ब्रान्च नेटवर्क लगायतका सूचकमा विकास बैंक राम्रो अवस्थामा छन। त्यसैले विकास बैंकले आफ्नो अस्तित्व नै गुमाउने गरि मर्जर तथा प्राप्तिमा भाग लिनुपर्ने अवस्था देख्दिन। 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad