गणपतिको मूल्य समायोजन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गणपतिको मूल्य समायोजन

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (GMFBS) को शेयरमूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेञ्जमा माइक्रोफाइनान्सको मंसिर १८ गते बुधबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण गर्न बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

नेप्सेले माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४६२ रुपैयाँ ६२ पैसा कायम गरेको छ।

भदौ ३ गते बसेको माइक्रोफाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट कूल चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

सो लाभांश अनुमोदन गर्न माइक्रोफाइनान्सले पुस ४ गते शुक्लागण्डकी नगरपालिका स्थित जंगल पार्क रिसोर्ट तनहुँमा साधारण सभा बोलाएको छ।

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको बोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

 

Read More
  • MBL - below news