मोवाईल बैंकिङ्गसेवा प्रयोग गर्दा २० प्रतिशत क्यास ब्याक


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मोवाईल बैंकिङ्गसेवा प्रयोग गर्दा २० प्रतिशत क्यास ब्याक

काठमाडौं । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको छ । 

उक्त अभियानमा हालसम्म बैंकको मोवाईल बैंकिङ्ग मार्फत कुनै पनि कारोवार नगरेका ग्राहकहरुले  NT/NCELL/SMART CELL mobile मा Top Up गर्दा पहिलो पटक top up गरेको रकमको 20% Cash back   प्राप्त गर्ने बैंकले जनाएको छ । 

यो अभियान २०७६ मंसिर १५ गते देखि लागु भई २०७६ फाल्गुन १४ गते सम्म संचालन हुनेछ । हाल सम्म मुक्तिनाथबाट मोवाईल बैंकिङ्ग नलिएका वा लिएर पनि कारोवार नगरेका ग्राहकहरुले यो फाईदा लिन सक्नेछन् । यसबाट ग्राहकहरुले मोवाईल रिर्चाज कार्ड किन्ने झन्झट बाट मुक्ति पाउनुको साथै नगद लाभ पनि लिने बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए । 

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad