सनराइज बैंकको १२५औं शाखा परासीमा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
सनराइज बैंकको १२५औं शाखा परासीमा

काठमाडौं । सनराइज बैंकले देशका विभिन्न भागमा शाखा विस्तार गर्ने क्रममा  नवलपरासी स्थित परासीमा १२५औँ शाखा संचालनमा ल्याएको छ । 

आइतबार आयोजित उद्घाटन कार्यक्रममा रामग्राम नगरपालीकाको मेयर नरेन्द्र कुमार गुप्ता र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरेको थियो । 

उक्त कार्यक्रममा जनक शर्मा पौड्यालले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गर्न अनुरोध गदै उक्त बचतलाई बैंक मार्पmत लगानि गर्न प्रोत्साहन गरे ।

सोही दिन आयोजित सुरुङ्गा शाखा कार्यालय स्थानान्तरण कार्यक्रममा कनकाई नगरपालीकाको मेयर राजेन्द्र कुमार पोखरेल र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रmपमा शाखा कार्यालयको उद्घाटन गरेको थियो । 

उतm कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतमा श्रीमती आशा राणा अधिकारी लगायत अन्य पदाधिकारीहरmको पनि उपस्थिति रहेको थियो ।

Read More
  • MBL