स्वदेशी लघुवित्तको साधारण सभा सोमवार


  • ADBL
  • City Express
स्वदेशी लघुवित्तको साधारण सभा सोमवार

मंसिर १५, काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारण सभा सोमवार गर्दैछ । कम्पनीको यो पाँचौ साधारण सभा हो । बिहान ११ बजे सुनसरीमा शुरु हुने सभाले प्रस्तावित २० प्रतिशत बोनस शेयर र १३ दशमलव २५ प्रतिशत नगद लाभांश तथा बोनस शेयर कर प्रयोजनका लागि १ दशमलव ७५ प्रतिशत सहित १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

साथै, बोनस शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा ४ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । योसँगै लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संस्थापक ३ सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । 

Read More