राष्ट्र बैंकले औचित्यका आधारमा मात्र कुनै पनि नीतिनियम बनाउँछ : गभर्नर


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्र बैंकले औचित्यका आधारमा मात्र कुनै पनि नीतिनियम बनाउँछ : गभर्नर

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले केन्द्रीय बैंक आवश्यकताका आधारमा कुनै पनि नीतिनियम ल्याउने बताएका छन् । कसैले ल्याउ भन्दा ल्याउने र कसैले नल्याउ भन्दा नल्याउने होइन, राष्ट्र बैंकले आवश्यकता र औचित्यका आधारमा नियमकानुन तर्जुमा गर्छ, उनले भने ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकको नीति तथा कार्यक्रममाथि प्रश्न चिह्न उठाएपछि उनले सो कुरा बताएका हुन् । 


व्यवसायीहरुले राष्ट्र बैंकले ब्याजदर लगायतका विषयमा आवश्यक नियमन गर्न राष्ट्र बैंक चुकेको बताएका थिए । त्यसको जवाफमा गभर्नरले उक्त धारणा अघिसारेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले छिमेकी मुलुक चीन र भारतको उदाहरण दिंदै नेपालको ब्याजदर महँगो भएको बताए । उनले भने, ‘चीनमा कर्जाको ब्याजदर २–३% र भारतमा ६–७)% हाराहारीमा हुँदा नेपालमा निकै उच्च भएको बताए ।

बैंकहरुको ब्याजदरलाई केन्द्रीय बैंकले नियमन गर्न आवश्यक रहेको उनको तर्क थियो । यता, गभर्नर डा. नेपालले संसारका कुनै पनि देशमा पुनर्कर्जा दिने प्रावधान नभएको बताए । नेपाल कम विकसित मुलुक भएकाले व्यापार व्यवसाय प्रवद्र्धनका लागि पुनर्कर्जाको व्यवस्था गरिएको हो । उनले भने, ‘नेपाल राष्ट्र बैंकले व्यापार–व्यवसाय गर्नेका लागि ३% र निर्यातका लागि १% ब्याजदरमा पुनर्कर्जा दिइरहेको छ ।

Read More
  • EBL Ad news