नेपाल राष्ट्र बैंकले सोमबार ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ।
राष्ट्र बैंकले सूचना जारी गर्दै बिल विक्रीको लागि बोल–कबोल खुलाएको हो।
ट्रेजरी बिल अनलाइन बोल–कबोलका आधारमा मंसिर १६ दिउँसो २ बजे विक्री गरिने छ भने बिलको निष्कासन मंसिर १७ मंगलवार गरिने छ।
बैंकले ९१ दिने अवधिका लागि ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने बताएको छ।
बिल आगामी फागुन २० मा परिपक्व हुनेछ।
ट्रेजरी बिल छोटो अवधिको सरकारी ऋणपत्र हो। यो सधैं एक वर्षभन्दा कम अवधिको हुन्छ।
सरकारलाई तत्कालै ऋण चाहिएको खण्डमा यस्तो ऋणपत्र जारी गर्ने गर्छ।