बैंकमा कर्मचारीको श्रम शोषण भएको छ, अब कडा नियमन गर्छाैं : राष्ट्र बैंक


  • KBL News Ad
  • ADBL
  • City Express
बैंकमा कर्मचारीको श्रम शोषण भएको छ, अब कडा नियमन गर्छाैं : राष्ट्र बैंक

काठमाडौं : बैंकमा कर्मचारीको श्रम शोषण भएको नियामक नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘बैंकहरुले कर्मचारीको श्रम शोषण गरेका छन् । यसलाई हामी छिट्टै कडा नियमन गर्छौं ।’ बैंकहरुले कर्मचारीलाई सीमा तोकेरै निक्षेप संकलनको लक्ष्य दिने गरेकाले पनि बैंक तथा वित्तीय संस्थामा विभिन्न खालको समस्या आएको उनको भनाई छ ।

कतिपय बैंकहरुले कर्मचारीलाई क्षमता भन्दा पनि बढी लोड हुने गरी खाता खोल्नेदेखि निक्षेप संकलनसम्मको लक्ष्य तोकिएको हुन्छ । फर्जी कागजात बनाएर विभिन्न बैंकहरुबाट पैसा निकालिएको बारेमा जानकारी दिन बोलाइएको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् । फर्जी कागजातको प्रयोग गरी एक गिरोहले जनता बैंक नेपालबाट १९ लाख ९९ हजार रुपैयाँ निकालेको निरौलाले बताए ।

ती व्यक्तिहरुबाट ६ वटा बैंकको चेकबुक प्रहरीले नियन्त्रणमा लिगेको बताए । ६ वटा बैंकमा जनता बैंक नेपाल, एभेरेष्ट बैंक, माछापुच्छ्रे बैंक, एनआइसी एसिया बैंक, मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंक रहेको उनले जानकारी दिए । चेकमा नक्कली हस्ताक्षर गरेर पैसा निकाल्ने प्रविधि पुरानै भएकाले ग्राहकलाई सचेत बन्नसमेत राष्ट्र बैंकले आग्रह गरेको छ । साथै, बैंकहरुलाई पनि जिम्मेवार बन्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

Read More
  • EBL Ad news