काठमाडौँ — राष्ट्र बैंकले ग्लोबल आइएमई बैंक र जनता बैंकलाई अनुमित दिएसँगै मर्जर प्रकिया पुरा भएको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ती बैंकलाई एकिकृत कारोबारका लागि अनुमति दिने निर्णय गरेको थियो । यो निर्णयसँगै यी बैंकको मर्जर पूरा भएको छ । बैंकले आज नै राष्ट्र बैंकबाट अनुमति पत्र बुझिसकेको छ । मर्जरपछि बन्ने नयाँ बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ हुनेछ। यो हाल सञ्चालनमा रहेको सबै बैंकको पुँजी भन्दा धेरै हो। यस्तै, निक्षेप करिब २ खर्ब १० अर्ब र कर्जा करिब २ खर्ब पुग्ने बैंकले स्रोतले जनाएको छ।