मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो चल्ती र बचत खाता, यस्ता छन् सुविधाहरु


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
 मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो चल्ती र बचत खाता, यस्ता छन् सुविधाहरु

 

काठमाडौं - मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ संस्थागत उपलब्धी खाता’ नामक चल्ती खाता र ‘मुक्तिनाथ व्यक्तिगत उपलब्धी’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न सरकारी तथा नीजि कम्पनी लगायत प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका सम्पूर्ण संघ/संस्थालाई लक्षित गरी उक्त दुई खाता सञ्चालनमा ल्याएको हो ।

 

मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत ग्राहकले न्युनतम मौन्दात १००० रुपैयाँमा कुनै पनि माथि उल्लेखित संघ/संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ/संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यू बीमाको सुविधा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी) तथा निःशुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad