सानिमा बैंकले फेरि ४ अर्बको ऋणपत्र ल्याउने, यस्तो आयो रेटिङ


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकले फेरि ४ अर्बको ऋणपत्र ल्याउने, यस्तो आयो रेटिङ

काठमाडौं : सानिमा बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र ल्याउने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र जारी गर्नका लागि रेटिङ सम्पन्न गरेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।

ऋणपत्र ल्याउन रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । यसअघि बैंकले गत कात्तिक ३० गतेदेखि पुस १ गतेसम्म २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो । 
 

Read More
  • MBL - below news
  • EBL Ad news