कृषि विकास बैंक (ADBL) ले पनि ऋणपत्र निष्काशन गर्न रेटिङ्ग गराएको छ। बैंकले साढे २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले न्यून जोखिम जनाउने “इक्रा एनपि एलए” रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको ऋणपत्रमा लगनी गर्दा कम जोखिम रहेको देखाउछ।
बैंकले एक हजार रुपैयाँ अंकित दरमा ७ वर्ष अवधिको २५ लाख कित्ता “एडिविएल कृषि विकास बैंक लि.२०८३” ऋणपत्र निष्काशन गर्न लागेको हो।
बिक्रीमा ल्याउन लागेको उक्त ऋणपत्रमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता बैंकले सर्वसाधारणमा निष्काशन गर्ने छ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता बैंक आफैले ब्यक्तिगत तवरबाट बिक्री गर्नेछ।








