काठमाडौं : कैलाश विकास बैंकले १८.७७% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १६% बोनस सेयर र २.७७% नगद लाभांश (कर प्रयोजनार्थ) दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । बैंकले ४० करोड ३३ लाख १ हजार ७६० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ ।
यस्तै, ६ करोड ९८ लाख २१ हजार २१ हजार ६१७ रुपैयाँ नगदमा खर्च गर्नेछ । गत वर्ष कैलाशले १७% नगद लाभांश सेयर वितरण गरेको थियो । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी २ अर्ब ९२ करोड ३९ लाख ३७ हजार पुग्नेछ । कैलाश विकास बैंकलाई प्राइमले एक्वायर गर्न लागेको छ । जसका कारण दोस्रो बजारमा कैलाशको सेयर कारोबार यतिबेला रोक्का छ ।