आरटीजीएस प्रणालीमा परिवर्तन, कारोबार रकमको सीमामा थप व्यवस्था


  • KBL News Ad
  • ADBL
  • City Express
आरटीजीएस प्रणालीमा परिवर्तन, कारोबार रकमको सीमामा थप व्यवस्था

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणलीमा केही परिर्वतन गरेको छ। राष्ट्र बैंकले आरटीजीएस प्रणाली संचालनको क्रममा कारोबारहरुको विजनेश प्रकृयामा परिवर्तन भएकोले त्यस अनुसार कार्यान्वयन गर्न प्रणालीमा आवद्ध वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गरेको हो।

आरटीएसजीको सदस्य संस्थाले राष्ट्र बैंकबाट नगद निकाल्नु परेमा हाल प्रयोग गरीरहेको चेकको सट्टामा आरटीएसजी सेटलमेन्ट अकाउन्ट डिपोजिट गरी एनआरबी पुल अकाउन्टमा क्रेडिट गर्नुपर्नेछ।

बैंकिङ्ग कार्यालय काठमाण्डौंबाट नगद निकाल्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाली मुद्रा, अमेरिकन डलर, पाउण्ड स्टलिङ्ग, यूरो र जापानी येनका लागि छुट्टाछुट्टै खाता नम्बर उपलब्ध गराएको छ।

Read More
  • EBL Ad news