राष्ट्रबैंकको नयाँ डलर सटही नीतिले विदेश घुम्न जाने नेपाली प्रभावित, विदेशी कामदार लाभान्वित


  • KBL News Ad
  • ADBL
  • City Express
राष्ट्रबैंकको नयाँ डलर सटही नीतिले विदेश घुम्न जाने नेपाली प्रभावित, विदेशी कामदार लाभान्वित

काठमाण्डौ । तपाइँ विदेश जाँदै हुनुहुन्छ । साथमा १५ सय डलर लिएर जान पाउनेमा ढुक्क हुनुहुन्छ । अब ढुक्क नहुनुहोस् नेपाल राष्ट्र बैंकले ट्राभल एजेन्सीमार्फत विदेश घुम्न जान चाहनेहरुलाई आवश्यक डलर सटहीमा घुमाउरो पाराले कटौती गरेको छ ।

यसअघि विदेश घुम्न जाँदा ट्राभल एजेन्सीमा बुझाएको पैसा र विदेशमा होटेल बुक गर्दाको खर्चबाहेक साथमा १५ सय डलर सटही गरेर लैजान पाइन्थ्यो थियो। राष्ट्र बैंकद्वारा बिहीबार जारी विदेशी मुद्रा विनिमयसम्बनधी निर्देशिकामा यो सटही सुविधा कटौती गरेको हो।

यसअघि राष्ट्र बैंकले विदेश घुम्न जाँदा एउटा पासपोर्टबराबर १५ सय डलर सटही सुविधा दिँदै आएको थियो । अब ट्राभल एजेन्सीमार्फत कसैले विदेश जान चाहेको छ भने त्यहाँ बुझाएको पैसा र होटेल बुक गर्दा लागेको खर्च कटाएरमात्र बाँकी पैसाको डलर सटही गरेर लैजान पाउने छन् ।

राष्ट्र बैंकको नयाँ निर्देशिकाबमोजिम यदि विदेश घुम्न जान चाहने एक व्यक्तिले ट्राभल एजेन्सी र होटेल बुक खर्चमा ७०० डलरबराबरको करम बुझाइसकेको छ भने अब उसले बाँकी ८०० डलरबराबरको रकममात्र सटही गर्न पाउने छ । 
यसअघि पनि राष्ट्र बैंकले २५ सय डलरको सटही सुविधालाई घटाएर १५ सय डलरमा झारेको थियो ।

Read More
  • EBL Ad news