मुक्तिनाथको आइतबारबाट ४ लाख कित्ता सेयर लिलामीमा आउने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथको आइतबारबाट ४ लाख कित्ता सेयर लिलामीमा आउने

काठमाडौं : मुक्तिनाथ विकास बैंकको आइतबार (मंसिर ८ गते) बाट ४ लाख ३ हजार २२० कित्ता सेयर लिलामी खुल्ने भएको छ । यसमध्ये १ लाख २ हजार ५१६ कित्ता संस्थापक र ३ लाख ७०३ कित्ता सेयर सर्वसाधरण समूहको रहेको छ । बैंकले हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि त्यसलाई लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । यो लिलामी सेयरमा मंसिर १५ गतेसम्म आवेदन दिन पाइने छ ।
 
न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । बैंकले बोलकबोलका लागि काठमाडौं उपत्यकामा मुक्तिनाथ क्यापिटल, ट्रेड टावरमा संकलन केन्द्र तोकेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad