कर्पाेरेट डेभलपमेन्ट बैंक (CORBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा गत वर्षको यसै अवधिको तुलनामा ३ करोड १६ लाख रुपैयाँ अर्थात् ५८.५६ प्रतिशतले घटेको हो।
गत आवमा बैंकले ५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आवको यसै अवधिको तुलनामा खराब कर्जा असुली रकम घटेपछि बैंकको मुनाफामा गिरावट आएको हो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घट्नुका साथै समग्र खर्च बढ्दा बैंकको नाफा बढ्न नसकेको हो। बैंकले गत आवको प्रथम त्रैमामा बैंकले खराब कर्जा वापत ४ करोड ८६ लाख असुली गरेकोमा यस अवधिमा २ करोड १४ लाख रुपैयाँ मात्र असुली गरेको छ।
चुक्ता पूँजी ३७ करोड ५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ करोड १६ लाख रुपैयाँ सञ्चित छ। गत आवमा बैंकको जगेडा कोष ९ करोड ६८ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।
बैंकले निक्षेप संकलन १५ करोड ७५ लाख रुपैयाँले बढाएर २४ करोड २४ लाख रुपैयाँ पुर्याएको छ भने ४१.८१ प्रतिशतले बढाएर २६ करोड ६४ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ।







