जनता बैंकको साधारणसभा सम्पन्न, १२% लाभांश र ग्लोबल आईएमइसँगको मर्जर सम्बन्धि सम्पूर्ण एजेण्डा पारित


  • ADBL
  • City Express
 जनता बैंकको साधारणसभा सम्पन्न, १२% लाभांश र ग्लोबल आईएमइसँगको मर्जर सम्बन्धि सम्पूर्ण एजेण्डा पारित

काठमाडौं - जनता बैंक नेपाल लिमिटेडको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा  शेयरधनीलाई ६% बोनस र ६% नगद गरी सो मात्राको लाभांश प्रस्तावलाई पारित गरेको हो । 

सभाले पारित गरेबमोजिम बैंकले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई १२ प्रतिशतले हुन आउने रकम ९६ करोड ९४ हजार ३१० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने छ । 

सभाले जनता बैक नेपालको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैकको ८५ कित्ता (१ः०.८५) शेयर आदानप्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैंकसँगको मर्जर सम्बन्धि सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।

Read More