जनता बैंकको सभाद्धारा मर्जरको स्विकृति, लाभांश पनि पारित


  • ADBL
  • City Express
जनता बैंकको सभाद्धारा मर्जरको स्विकृति, लाभांश पनि  पारित

काठमाडौं । जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकबीच एक आपसमा मर्जका लागि साधारणसभाले स्विकृति दिएको छ । बैंकको दशौं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न साधारणसभाले उक्त स्विकृति दिएको हो । 

दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई १२ प्रतिशतले हुन आउने रकम छयानब्बे करोड चौरानब्बेहजार तीनसय दश र पैसा चौरानब्बे मात्र) बाराबरको लाभाँश पारित गरेको छ । पारित १२ प्रतिशतको लाभाँशमध्ये ६ प्रतिशत बोनस शेयर र  ६ प्रतिशत नगद लाभाँश रहेको छ । 

सभाले जनता बैक नेपाल लिमिटेडको १०० कित्ता शेयरलाई ग्लोबल आईएमइ बैक लिमिटेडको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरुको साथै सभासमक्ष प्रस्तावित सम्पूर्ण एजेण्डालाई पारित गरेको छ ।
  
साधारणसभालेमा बोल्ने अधिकांश शेयरधनीहरुले बैंकको सञ्चालक समितिले ग्लोबल आइएमईसँग मर्जमा जादाँ स्वप रेसियो कम मुल्यांकन गरेको बताएका थिए । विग मर्ज भनेर सञ्चालक मक्क पर्यो तर लगानीकर्ताको हितमा भन्दा पनि ठूलो बैंकमा जनता बैंक मिसाउने काम मात्र भयो लगानीकर्ताका लागि भने सञ्चालक समितिले अलिकति कसरत गरेरको भए स्वप रेसियो बढ्ने ठाउँ हुँदा हुँदै पनि काम नगरेको आरोप लगाए । 

Read More