मुक्तिनाथ विकास बैंकले कोष प्रवद्र्धकको पनि काम गर्ने, डाक्यो साधारण सभा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ विकास बैंकले कोष प्रवद्र्धकको पनि काम गर्ने, डाक्यो साधारण सभा

मुक्तिनाथ विकास बैंक (MNBBL) ले पनि सामुहिक लगानी कोष स्थापना गरी कोष प्रवद्र्धकको कार्य गर्ने भएको छ। बैंकले मंसिर ३० गते आह्वान गरेको तेह्रौं वार्षिक साधारण सभाबाट संस्थाको उद्देश्य प्राप्त गर्न गरीने कार्यहरु थप गरी कोष प्रवद्धकको कार्य गर्न लागेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव राखेर शेयरधनीहरुलाई होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा पोखरामा साधारण सभा बोलाएको छ।

साधारण सभामा बैंकले हालै निष्काशन गरेको २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र बोनसको कर प्रयोजनार्थ ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।

हाल ३ अर्ब ६७ करोड ७७ लाख चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ३ जना र सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्नेगरी २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ।

त्यसैगरी सभामा बैंकले मर्जर तथा एक्वीजिसनको लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गर्न, सहमतिपत्रमा हस्ताक्षर गर्न राष्ट्र बैंकमा सनवेदन दिन, तथा मुल्याँकनकर्ता नियुक्त गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ।

Read More
  • MBL - below news
  • EBL Ad news
  • Laxmi Sunrise Bank Ad