प्राइम बैंकमा विलय हुनै लाग्दा कैलाशले कस्तो गर्यो प्रगति ?


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
प्राइम बैंकमा विलय हुनै लाग्दा कैलाशले कस्तो गर्यो प्रगति ?

काठमाडौं : कैलाश विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १७ करोड ५ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३.४०% ले बढी हो । गत वर्ष बैंकले १६ करोड ४८ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको छ । 
 
खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १२.२७% र २.३५% ले बढेको छ । प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ५२ पैसाले बढेर २६ रुपैयाँ ५५ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६७ पैसा छ । प्राइम बैंकले कैलाश विकास बैंकलाई एक्वायर गर्न लागेको छ । जसका कारण दोस्रो बजारमा कैलाशको सेयर कारोबार यतिबेला रोक्का छ । 

Read More
  • MBL