सिर २, काठमाडौं । गणपति माइकक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस ४ गते हुने भएको छ । कम्पनीले जंगल पार्क रिसोर्ट, तनहुँमा दिउँसो ३ बजे सभा बोलाएको हो ।
वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतको विषयमा छलफल गर्न कम्पनीले सभा बोलाएको हो ।
कम्पनीले शेयरधनीहरुका लागि चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश नगद लाभांशको प्रस्ताव पारित गर्ने भएको छ । साथै, बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजी रू. ११ करोड ७ लाख ४५ हजारको २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने भएको छ ।








