मर्जमा जान लागेका जनता र ग्लोबल आईएमई बैंकको साधारणसभा आज


  • KBL News Ad
  • ADBL
  • City Express
मर्जमा जान लागेका जनता र ग्लोबल आईएमई बैंकको साधारणसभा आज

मर्जर प्रकृयामा रहेका जनता Janata Bank Nepal Limited  र ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले आज बार्षिक साधारणसभा गर्दै छन्। दुवै बैंकले आज एकै दिन सभा गर्न लागेका हुन्। 

जनता बैंकको साधारणसभा आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ भने ग्लोबलको नेपाल प्रज्ञा प्रतिस्ठान कमलादीमा हुने छ।  दुवै साधारणसभाले मर्जर प्रस्ताव अनुमोदन गर्ने छन् ।  ग्लोबल आइएमई र जनताबीच असार २० गते मर्जरको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। 

साधारणसभामा दुवै बैंकको लाभांश प्रस्ताव पनि पेश हुने छ । ग्लोबल १२.७५ प्रतिशत बोनस र १२.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने ६ प्जरतिशत बोनस शेयर र ६ प्नरतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  

Read More
  • EBL Ad news