काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले अवितरित ४ लाखभन्दा बढी कित्ता हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।
बैंकले गत भदौ १२ गतेदेखि असोज १५ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमध्ये बिक्न बाँकी रहेको ४ लाख ३ हजार २२०.२५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको हो । जसमा संस्थापक समूहको १ लाख २ हजार ५१६.३२ कित्ता र सर्वसाधारण समूहको ३ लाख ७०३.९३ कित्ता सेयर रहेको छ ।
बैंकले लिलामीमा राख्ने सेयरका लागि मंसिर ८ गतेदेखि गोप्य शिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ । लगानीकर्ताले मंसिर १५ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन ।








