स्टान्डर्ड चार्टर्डको खुद नाफा ६.२८% ले बढ्दा वितरण योग्य नाफा ४९ करोड


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्टान्डर्ड चार्टर्डको खुद नाफा ६.२८% ले बढ्दा वितरण योग्य नाफा ४९ करोड

काठमाडौं : स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ६४ करोड ४१ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ६.२८% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ६० करोड ५९ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा ४९ करोड ४ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी १०.८२% र सञ्चालन नाफा ६.२८% ले बढेको छ । निक्षेप संकलन र कर्जा लगानी क्रमशः १५.८७% र ६.८७% ले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९ पैसाले बढेर ३२ रुपैयाँ १६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ २८ पैसा रहेको छ । गत वर्षको नाफाबाट स्टान्डर्ड चार्टर्डले लगानीकर्तालाई २२.५०% नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

 

Read More
  • MBL - below news
  • EBL Ad news