गणपति माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद बिक्रि गर्ने, बुक क्लोज तय


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गणपति माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद बिक्रि गर्ने, बुक क्लोज तय

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रद प्रस्ताव पारित गर्ने एजेन्डा सहित बार्षिक साधारणसभा डाकेको छ।माइक्रोफाइनान्सको कात्तिक २९ गते बसेको ६१ औं संचालक समितिको बैठकले पुष ४ गते बार्षिक साधारणसभा डाक्ने निर्णय गरेको हो। 

शुक्लागण्डकीको जंगल पार्क रिशोर्टमा डाकिएको साधारणसभामा गत आर्थिक बर्षको लाभांश वितरणपछि कायम चुक्तापुंजीबाट ५० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब लगिने भएको छ। 

लाभांश समायोजनपछि माइक्रोफाइनान्सको चुक्तापुंजी ११ करोड ७ लाख पुग्नेछ। माइक्रोफाइनान्सले आर्थिक बर्ष ०७५-०७६ को कमाईबाट ७ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको छ। 

साधारणसभा र लाभांशका लागि माइक्रोफाइनान्सले मङ्सिर १८ को लागि बुक क्लोजको निर्णय गरेको छ। मङ्सिर १७ सम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन।

Read More
  • MBL - below news