लक्ष्मी बैंक (LBL) ले चालु आर्थिक वर्षको प्रथम त्रैमास अर्थात असोज मसान्तसम्मको तीन महिना अवधिमा ४० करोड १९ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले आर्जन गरेको यो मुनाफा गत आवको यसै अवधिको तुलनामा ३२.६५ प्रतिशत अर्थात ९ करोड ८९ लाख रुपैयाँले धेरै हो।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकले १९ करोड ९० लाख वितरण योग्य नाफा कमाएको छ। आठ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लक्ष्मी बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा बढेर १८ रुपैयाँ ०२ पैसा कायम भएको छ।
बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड २६ लाख र शेयरधनी कोषमा एक अर्ब ८५ करोड ५३ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा जगेडा कोष सामान्य खुम्चिएको छ भने शेयरधनी कोषमा १७ प्रतिशत धेरैको सुधार देखिन्छ। बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात ११.९३ गुणा छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा विस्तारको प्रतिशत पाँच प्रतिशत भन्दा थोरै रहपनि बैंकको खुद ब्याज आम्दानी भने १७ प्रतिशतले विस्तारले विस्तार भएको जसको सकारात्मक असरले २५ प्रतिशतले सञ्चालन मुनाफा बढेको बैंकको खुद नाफा थप बढेको हो।
बैंकको कर्मचारी खर्च ४१ प्रतिशतले बढेर २९ करोड पुग्दा सञ्चालन खर्चमा पनि २५ प्रतिशतले वृद्धि भई ५८ करोड ९६ लाख खर्च भएको छ । यसलाई नियन्त्रणमा राख्नुपर्ने चुनौति बैंक व्यवस्थापनसँग देखिन्छ।
असोज मसान्तसम्म बैंकले निक्षेप संकलन २.३४ प्रतिशतले वृद्धि गरि ८२ अर्ब २० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा परिचालनतर्फ ४.८० प्रतिशतले बढोत्तरी गर्दै ७८ अर्ब १९ करोड ८४ लाख रुपैयाँ प्रवाह गरेको छ।
यस अवधिमा बैंकले ८६ करोड ५७ लाख ९२ हजार खुद ब्याज आम्दानी र ५८ करोड ९६ लाख ७८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
त्यसैगरी बैंकको निष्कृय कर्जा अनुपात १.५० बाट घटेर १.०४ प्रतिशतमा, कोषको लागत ७.६४ बाट ७.१९ प्रतिशतमा, आधार दर ११. २८ बाट घटेर १०.२४ प्रतिशतमा सुधार भएको छ ।