लगानीकर्ता खोज्दै जनता बैंकका कर्मचारी ब्रोकरको शरणमा


  • ADBL
  • City Express
लगानीकर्ता खोज्दै जनता बैंकका कर्मचारी ब्रोकरको शरणमा

काठमाडौं । जनता बैंक नेपालका कर्मचारीहरु लगानीकर्ता खोज्दै शेयर ब्रोकरको कार्यालयमा धाउन थालेका छन् । ग्लोबल आइएमई बैंकसँग मर्जर हुन लागेको जनता बैंकको आगामी मंसिर २ गते विशेष साधारण सभा बोलाइएको छ । दुवै बैंकले एकै दिन विशेष साधारण सभा बोलाएर मर्जरको प्रस्ताव पारित गर्दै एकीकृत कारोबार गर्ने भएकाले मंसिर २ गतेको विशेष साधारण सभा दुवै बैंकका निम्ति महत्वपूर्ण रहेको छ । तर, विशेष साधारण सभामा कोरम नपुग्ने भय तथा मर्जरको प्रस्ताव अस्वीकृत हुने त्रासले अहिले जनता बैंक नेतृत्वले ब्रोकर कार्यालयहरुमा कर्मचारी परिचालन गरी जनता बैंकका शेयर लगानीकर्ताहरुसँग प्रोक्सी लिन खटाइएको स्रोतले जनाइएको छ ।

अहिले ५ हजार कित्ताभन्दा बढी शेयर हुने लगानीकर्ताबाट प्रोक्सी लिन एक दर्जनभन्दा बढी कर्मचारी परिचालित भएको स्रोतले जनायो । आवश्यक परे पछि त्योभन्दा बढी कम शेयर भएका शेयर होल्डरबाट पनि प्रोक्सी लिन सम्पर्कमा राखिएको छ । ब्रोकरको दैलो चहारेर लिइएको प्रोक्सीले बहुमत वा कोरम पुगेको खण्डमा थोरै शेयर हुनेलाई नखोजिने नपुगेको अवस्थामा साना लगानीकर्ताबाट प्रोक्सी लिने तयारी बैंक नेतृत्वको छ ।

Read More