राष्ट्र बैंक भित्रैबाट गभर्नर बन्ने च्याप्टर क्लोज, श्रेष्ठको निलम्बनले क–कसलाई लाभ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्र बैंक भित्रैबाट गभर्नर बन्ने च्याप्टर क्लोज, श्रेष्ठको निलम्बनले क–कसलाई लाभ ?

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ अनियमितता गरेको आरोपमा निलम्बनमा परेसंगै राष्ट्र बैंक भित्रबाट आगामी गभर्नर बन्ने सम्भावना सकिएको विश्लेषण गर्न थालिएको छ। 

श्रेष्ठमाथि लगाइएको आरोप उनि एक्लैसंग मात्र सिमिति नरहेको जानकारहरु बताउँछन। अनियमितता गरेको आरोपमा श्रेष्ठ मात्रै निलम्बन गरीएपनि यो सुरुवात मात्रै भएको र यसले सबैलाई डाम्ने जानकारहरुको दाबि छ।

सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकमा उच्च तहमा हुने निर्णयमा त्यहाँको विभागीय प्रमुख, डेपुटी गभर्नर, संचालक समिति लगायतको संलग्नता हुन्छ। त्यसमा पनि डेपुटी गभर्नर मातहत हुने बिभाग विभाजनको जिम्मा गभर्नरको हुने गर्दछ।

जिम्मेवारीको हिसाबले हेर्ने हो भने गभर्नर ड़ा चिरिन्जीवी नेपालले वित्तीय जानकारी ईकाई (सम्पत्ति शुद्धिकरण निवारण विभाग), आन्तरिक लेखापरिक्षण विभाग र कानुन विभाग हेरिरहेका छन् । 

Read More
  • MBL - below news