काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गर्दै जनता बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा १३.९६ प्रतिशतले बढाउन सफल भएको छ ।
प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यही अवधिमा ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड ५३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ५२ करोड २ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ४५ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।