एनएमबि लघुवित्तको १५०% हकप्रद खुला, ३५ दिन म्याद


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
एनएमबि लघुवित्तको १५०% हकप्रद खुला, ३५ दिन म्याद

काठमाडौं : एनएमबि लघुवित्त वित्तीय संस्थाको आइतबार (कात्तिक २४ गते) देखि १५०% हकप्रद सेयर बिक्री खुला भएको छ । चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँबाट २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा मंसिर २९ गते सम्म आवेदन दिन सकिनेछ । कात्तिक ६ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।

बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।
 

Read More
  • MBL