'मुद्दती खातामा पैसा राख्नुभन्दा ऋणपत्र किन्नु फाइदा'


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
'मुद्दती खातामा पैसा राख्नुभन्दा ऋणपत्र किन्नु फाइदा'

-जनक शर्मा पौड्याल, प्रमुख कार्यकारी अधिकृत, सनराइज बैंक

लु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई २५ प्रतिशत ऋणपत्र (डिवेन्चर)मा लगानी गर्नुपर्ने बाध्यकारी नियम बनाएको छ।

मर्जरमा जाने बैंकको लागि भने अर्काे एक वर्षको सुविधा छ। मर्जरको तयारी गरिरहेका बैंकलाई हतार नभएपनि अरुले पछिल्लो समय लगातार ऋणपत्र जारी गर्दै आइरहेका छन्।

ऋणपत्र के हो, लगानी गर्दा के फाइदा हुन्छ, कसरी लगानी गर्ने लगायतका विषयमा सेतोपाटीका रोशन सिग्देलले सनराइज बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पौड्यालसँग गरेको कुराकानीः

राष्ट्र बैंकले ऋणपत्र जारी गर्नै पर्ने बाध्यकारी नियम बनाएपछि अहिले सबै बैंकले धमाधम जारी गर्न थालेका छन्। ऋणपत्र अथवा डिवेन्चर भनेको के हो?

 

डिवेन्चर बैंक तथा वित्तीय संस्थाले पूँजी बढाउन प्रयोग गर्ने एउटा साधन हो। विशेषतः कुनै पनि नयाँ परियोजना संचालन गर्नको लागि आवस्यक पूँजी संकलनको लागि डिबेन्चर जारी गरिएको देखिन्छ। डिवेन्चरकै कारण ठूला ठूला परियोजनाहरु संभव भएका छन्।

तर, नेपालमा ठूला परियोजनाको लागि डिबेन्चर भन्दा आइपिओ खोलिन्छ। नेपालमा डिवेन्चरको कारोबार धेरै भएको छैन। राष्ट्र बैंकले बोन मार्केट विकास होस् भन्ने उदेश्यले अनिवार्य डिवेन्चर जारी गर्ने नियम बनाएको हुनुपर्छ। नेपाल बाहेक भारत, श्रीलंका तथा हङकङमा यसको कारोबार राम्रो हुन्छ।

आइपिओ जस्तै यो पनि पूँजी निर्माणको महत्वपूर्ण साधन हो। देशमा छरिएको पैसालाई फाइनान्सियल सिस्टममा ल्याई पूँजी निर्माणमा सहभागी गराउन पनि डिवेन्चर महत्वपूर्ण छ।

सनराइज बैंकले पनि ३ अर्बको डिवेन्चर खुल्ला गरेको छ। वार्षिक १०.२५ प्रतिशत ब्याज दुई पटक दिने गरी ७ वर्षको डिबेन्चर जारी गरेका हौं।

लगानीकर्ताले कुन बैंक वा कम्पनीको डिवेन्चर किन्दा फाइदा हुन्छ भनेर कसरी छनौट गर्ने?

पहिलो, कुनै पनि संस्थाले डिवेन्चर जारी गर्दा त्यसका फिचरहरु हेर्नुपर्छ। दोस्रो, लगानी गर्ने भनेको प्रतिफलको लागि हो। जहाँ बढी प्रतिफल त्यहाँ नै लगानी गर्ने। अहिले सनराइज बैंकले पनि १०.२५ प्रतिशत प्रतिफल दिने भनेको छ।

यसलाई केही तुलना गरेर हेर्न सकिन्छ। अहिले सबै ए क्लासका बैंकको मुद्दती निक्षेपमा बढीमा ९.२ प्रतिशतसम्मको ब्याज पाइन्छ। त्यसकारण राम्रो बैंकको डिवेन्चरमा लगानी गर्दा त्यसले राम्रो प्रतिफल दिन्छ।

तेस्रो कम्पनीको वित्तीय स्थिति कति राम्रो छ भन्ने पनि हुन्छ। कुन कम्पनीलाई के को आधारमा राम्रो भन्ने भन्ने पनि हुन सक्छ। क्रेडिट रेटिङ बाट पनि यसलाई तुलना गर्न सकिन्छ।

राम्रो ग्रेडमा रेटिङ भएका कम्पनी विश्वासिलो मानिन्छ। कम रेटिङ भएका कम्पनीले राम्रो प्रतिफल दिने भएपछि फिर्ता नपाइने पो हो कि भन्ने हुन सक्छ। फेरि ब्याज धेरै कमाउने दाउमा साँवामा जुवा खेलेका हुन्छन्। जोखिम कति लिने भन्ने अर्काे कुरा भयो।

त्यो क्रेडिट रेटिङमा सनराइज बैंकको ए माइनस पाएको छ, यसबाट सनराइज बैंकमा लगानीको प्रतिफल राम्रो छ भन्ने देखिन्छ। चौथो कुरा त कम्पनीको ‘पे ब्याक’ क्षमता पनि हो। जसको पे ब्याक क्षमता राम्रो छ, पैसा सुरक्षित गर्ने र समयमानै फिर्ता गर्ने क्षमता पनि उस्तै राख्छ भन्ने देखाउँछ।

सनराइजको झन्डै ९ अर्बको पूँजी छ। ३/४ अर्बको रिजर्भ छ। करिब १४ अर्बको नेट वर्थ छ। त्यो सबै हेर्दा सनराइज बैंक ‘रिस्क अफ लस एब्जर्ब’ गर्न सक्ने क्षमतामा छ भन्ने देखाउँछ। त्यसैले यस्ता बैंकमा लगानी गर्दा डुब्दैन भन्नेमा ढुक्क हुन सकिन्छ।

बैंक आफैले पनि कस्तो पफर्मेन्स गरिरहेको छ भन्ने हेर्नुपर्छ। बैंकको वार्षिक तथा त्रैमासिक रुपमा प्रकाशन हुने रिर्पोटका आधारमा पनि त्यसको मूल्याङ्कन गर्न सकिन्छ। सनराइजको कुरा गर्दा ३७ प्रतिशतको ग्रोथ छ।

दुई हप्ता अघिमात्रै पनि नेप्सेले सबैभन्दा राम्रो पफर्मेन्स भएको कम्पनीको रुपमा लिस्टीङ गरेको थियो। त्यसको आधारमा पनि लगानी गर्ने संस्था छान्न सकिन्छ। त्यो लिस्टको ए ग्रुपमा एउटा सनराइज मात्रै थियो।

नियमनकारी निकायसँगको कम्युनिकेसन, इन्फर्मेसन र नीति नियमको परिपालना जस्ता विषयमा बैंक निकै अपडेटेड छ भन्ने कुरा देखिन्छ।
त्यस्तै बैंकको नेटवर्क विस्तार कस्तो छ भन्ने कुराबाट पनि डिवेन्चर छान्न सकिन्छ।

डिवेन्चर सुरक्षित हुन्छ भन्ने आधार के हो ?

...

Read More
  • MBL - below news