ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लाहरूमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ जिल्लाका ताराखोला गाउँपालिका–२, अर्गल, नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका–३, ढोडेनी, बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका–५, कुवाकोट, बाग्लुङ जिल्लाको जैमिनीनगरपालिका–८, अर्के छिस्ती, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–१, बेगखोला, मकवानपुर जिल्लाको बागमती गाउँपालिका–६, फापरबारी र रोल्पा जिल्लाको रोल्पा नगरपालिका–३, सातदोबाटो, लुुंग्रीगाउँपालिका–३, जुटुङ खोला,गंगादेव गाउँपालिका–१, ओत र परिवर्तन गाउँपालिका–६, नाफेमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
यी १० वटै शाखारहित बैंकिङ सेवाहरू स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवी तथा स्थानीयवासीहरूको रोहवरमा उद्घाटन भएका छन् । थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएपछि हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १ सय ९४ पुगेको छ । शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डीसहोमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।