स्वदेशी लघुवित्तको वार्षिक साधारणसभा मंसिर १६ गते, लाभांश र हकप्रद सेयर पारित मुख्य अजेन्डा


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
स्वदेशी लघुवित्तको वार्षिक साधारणसभा मंसिर १६ गते, लाभांश र हकप्रद सेयर पारित मुख्य अजेन्डा

काठमाण्डौ । लाभांश र हकप्रद सेयर पारित मुख्य अजेन्डासहित स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा मंसिर १६ गते सुनसरीको इटहरीमा गर्ने तय गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने भनी प्रस्ताव गरेको कुल ३५ प्रतिशत लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांशमा चुक्तापुँजी २३ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड ६० लाख रुपैयाँ, १३.२५ प्रतिशतले हुन आउने ३ करोड ४ लाख ७५ हजार रुपैयाँ र बोनस र नगद लाभांशको कर प्रयोजनका लागि १.७५ प्रतिशतले हुन आउने ४० लाख २५ हजार रुपैयाँ छन् ।

Read More
  • MBL