सनराइज बैंकको खुद नाफा ३७ प्रतिशतले बढ्यो


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकको खुद नाफा ३७ प्रतिशतले बढ्यो

सनराइज बैंक (SRBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यहि अवधीको तुलनामा खुद नाफा ३७.०६ प्रतिशतले बढाएको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।

गत वर्षको यही अवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो। यस अवधीका बैंकको वितरण योग्य नाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

बैंकले ७७ अर्ब ८९ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५५ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

दुई अर्ब ५५ करोड ५६ लाख रुपैयाँ कुल व्याज आम्दानी गरेको बैंकले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ व्याज पावत खर्चगरी एक अर्ब १० करोड ५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। यो बैंकको खुद व्याज आम्दानी गत वर्षको यहि अवधीको तुलनामा ३३.९१ प्रतिशतले बढी हो।गत वर्षको यसै अवधीमा बैंकले ८२ करोड १८ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो।

Read More
  • MBL - below news