प्रभु Prabhu Bank Limited ले आज कार्तिक २१ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
जस मध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र बाँकि र ६ लाख कित्ता प्राइभेट प्लेसमेन्ट मार्फत बिक्रि गरिने बैंकले जनाएको छ । सर्बसाधारणलाई बिक्रि गरिने ४ लाख कित्ता मध्ये २० हजार कित्ता सामुहिक लगानी कोषलाई बिक्रि गर्नको लागि छुट्याईएको छ ।
' प्रभु बैंक डिबेन्चर २०८६' दिइएको १० बर्षे अवधिको यस ऋणपत्रमा १०.२५ प्रतिशत ब्याज पाइने छ । बैंकले ऋणपत्र निष्काशन गर्नको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।








