कात्तिक २०, काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई कात्तिक १९ गते बाँडफाँट भएको छ ।
योजनाले असोज ८ गतेदेखि कात्तिक ७ गतेसम्म विक्रीमा राखेको थियो । सो अवधिमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ८ करोड ६० लाख इकाई बाँडफाँड गरेको हो ।
योजनाले रू. १० अंकित दरको १० करोड कित्ता इकाइ विक्रीमा ल्याएको थियो । जसमध्ये १ करोड ५० लाख कित्ता कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित राखी बाँकी रहेको ८ करोड ५० लाख कित्ता इकाइ सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याएको थियो । योजनाको इकाई विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।








