सनराइज बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्दै, उच्च प्रतिफल पाइने (भिडियोसहित)


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सनराइज बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्दै, उच्च प्रतिफल पाइने (भिडियोसहित)

काठमाडौँ । सनराइज बैंकले तीन अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ । बुधबारदेखि जारी हुने यस ऋणपत्रको ब्याजदर १०.२५ प्रतिशत रहेको छ । यसअघि बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ । 
ऋणपत्र निरन्तर उच्च प्रतिफल लिइरहने ग्राहकका लागि अति उपयोगी हुने बैंकका सिइओ जनक शर्मा पौड्यालले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

बैंकको यो ऋणपत्र सात वर्षको हुनेछ । ६–६ महिनामा ब्याज भुक्तानी हुनेछ । बैंकले ६० प्रतिशत संस्थागत र ४० प्रतिशत सर्वसाधारणलाई बिक्री खुला गर्ने जनाएको छ । यस ऋणपत्रका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्म पर्याप्त आवेदन नपरे मंसिर १९ गतेसम्म बिक्री खुला हुनेछ । यस ऋणपत्रको निस्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटललाई तोकिएको छ । 

Read More
  • MBL - below news