सिन्धु विकास बैंकमा जग्गा काण्ड, यस्ता छन् नालीबेली


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 सिन्धु विकास बैंकमा जग्गा काण्ड, यस्ता छन् नालीबेली

काठमाडौं - सिन्धु विकास बैंकमा जग्गा खरिदको क्रममा ५ करोड घोटाला प्रकरण सार्वजनिक भएसँगै अरु विभिन्न अनियमितताका विवरण समेत आउन थालेका छन् । बैंकले अपनाउनुपर्ने सुशासनका कुनै पनि कुरा नअपनाई ऋण प्रवाहदेखि कर्मचारी भर्नामा समेत अनियमितता हुने गरेको तथ्य दृष्टिले फेलापारेको छ ।
जग्गा खरिदमा ५ करोड रुपैयाँ घोटाला गरेको समाचार दृष्टिमा प्रकशित भएलगत्तै अध्यक्ष श्रेष्ठ र सीईओ रमेश जोशीले जग्गाधनीको नाममा खाता खोली राखिएको कमिसनको रकम झिकेर सहकारीमा लुकाएका छन् । चलनचल्तीको मूल्य ६ करोड ५० लाख रुपैयाँमा पाइने ८ आना जग्गा १२ करोड रुपैयाँमा खरिद गरी अध्यक्ष श्रेष्ठ, सीईओ जोशीसहितका संचालकहरुले ५ करोड रुपैयाँ कमिसन लिएका थिए । अन्यत्र पैसा राख्दा जग्गाधनीले गडबडी गर्नसक्ने देखेर सिन्धु विकास बैंकमै खाता खोली रकम राखिएको थियो ।


बैंकका अध्यक्ष राजेन्द्र श्रेष्ठ र सीईओ रमेश जोशीको कमिसनमोहका कारण बैंक धरासायी हुने दिशामा गइरहेको छ । राष्ट्रबैंकबाट अनुगमनमा जानेहरुलाई पनि प्रलोभनमा पार्दै अध्यक्ष र सीईओले बैंकका अनियमिततामा ढाकछोप गर्दै आएका छन् ।
बैंक स्थापनाकालदेखि नै शाखा बनाउन एकै ब्यक्तिलाई ठेक्का दिने गरिएको छ । फर्निसिङदेखि सजावटसम्मको ठेक्का बैंकका अध्यक्ष श्रेष्ठले उनका आफन्त महेश श्रेष्ठलाई दिने गरेका छन् । एउटा शाखा फर्निसिङ गर्ने क्रममा लाखौँ रुपैयाँसम्म घोटाला गरी बिलभौचर मिलाएर खाने गरेका छन् । बैंकमा कार्यालय सहयोगीदेखि सुरक्षागार्ड र सहायकस्तरदेखि शाखा प्रमुखसम्मको नियुक्ति आफैं गर्ने गरेका छन् । यसरी नियुक्ति गर्दा दररेट तोकेर लेनदेनका आधारमा गर्ने गरेको आरोप अध्यक्ष श्रेष्ठमाथि लाग्दैआएको छ । कर्मचारी नियुक्ति गर्दा प्रतिकर्मचारी दररेट ५० हजारदेखि २ लाख रुपैयाँ राखेको बैंक स्रोतले दष्टिलाई बताएको छ ।

Read More
  • MBL